साविक विजेता युभेन्टसले अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको एसी मिलानकाे अपराजित यात्रामा ब्रेक लगाएकाे छ।
इटालियन सिरी ए अन्तर्गत बुधबार राती भएकाे खेलमा ३-१ काे जित हात पारेकाे हाे।
खेलको १८ औं मिनेटमा किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा मिलानका कालाब्रियाले गोल गरे।
दोस्रो हाफको ६२ औं मिनेटमा किएजाले नै युभेन्टसको अग्रता लियाे।
त्यसको १५ मिनेटपछि नै दुई वैकल्पिक खेलाडीको प्रयासमा युभेन्टस २ गोलले अघि बढ्यो। डेजान कुलुसेभ्सकीको पासमा मकेनीले गोल गर्दै जिततर्फ उन्मुख गराए।
हारका बाबजुद टोली लगको शीर्षस्थानमा कायम नै छ। मिलानको १६ खेलमा ३७ अंक तथा सहरी प्रतिद्वन्द्वी इन्टरको १६ खेलमा ३६ अंक छ।
रोमा १६ खेलमा ३३ अंकसहित तेस्रो तथा युभेन्टस १५ खेलमा ३० अंकसहित चौथो स्थानमा छ।