मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । 

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको प्रहरीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाइकललाई नियन्त्रणमा लिएकाे हाे। 

जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल गत पुस २६ गते राति साढे ७ बजेको समयमा काठमाडाैं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको थियाे। 

 मोटरसाइकल र पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: : 2021-01-07 10:50:00

प्रतिकृया दिनुहोस्