जहाँ बालबालिकादेखि ढल्कँदो उमेरकाले सँगै पढ्छन्

सरिशा अछामी

हेटौँडाका ६१ वर्षीय नवराज न्यौपाने अहिले ११ कक्षामा पढ्दै छन् । तीन वर्षअघि उनले आफन्तबाट थाहा पाए– काठमाडौं नक्सालस्थित नन्दीरात्रि माविमा रातमा पढाइन्छ, जहाँ दिनमा काम–पेसा गर्ने जुनसुकै उमेरका मानिसले पढ्छन् । यो सुनेपछि बाल्यकालमा ५ कक्षासम्म अध्ययन गरेर छाडेका उनलाई पुनः पढ्ने रहर जाग्यो। 

‘पहिले ५ कक्षा मात्रै पढेको भए पनि सामान्य ज्ञान भएकाले मलाई यहाँ ८ कक्षामा भर्ना लिइयो,’ उनी भन्छन्, ‘दिनभरि आफ्नो व्यवसाय हेर्छु, जागिर पनि गर्छु । साँझ पढ्न आउँछु ।’

बालाजुमा उनको रेडिमेट कपडा पसल छ । पहिले यो पसल न्युरोडमा थियो, लकडाउनका कारण भाडा तिर्न गाह्रो भएपछि अहिले बालाजु सारेका हुन् । व्यवसायमा उनलाई परिवारले सघाउँछ । त्यसैले दिउँसो उनले सहकारीमा काम गर्छन्। 

गत वर्ष एसइई दिएका नवराजले सी ग्रेड ल्याएर पास भए । पढ्न सकिने देखेपछि उनी ११ मा भर्ना भएका हुन्। 

प्रकाशित मिति: : 2021-01-07 17:23:00

प्रतिकृया दिनुहोस्