सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ।
बिहिवार दिउँसो सुर्खेत जाजरकोट सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘बसमा तीन जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘एक जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन्।’
उनका अनुसार मृतक र बेपत्ता दुवैको पहिचान हुन सकेको छैन। एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईका अनुसार सल्यान कालीमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दुर्घटना भएको हो।
स्थानीय र प्रहरीले अहिले बेपत्ताको खोजी गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।