पाेर्चुगलमा २९ वर्षीय युवकले गरे आत्महत्या

पाेर्चुगलमा एक नेपाली युवकले आत्महत्या गरेका छन्।

२ वर्ष पहिले पोर्चुगल आएका स्थायी घर बझाङ्ग भएका २९ वर्षीय सुरत कुवरले विहीवार ३ बजे तिर ४ तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन्।

 पोर्चुगल लिजवन बाहिर काम गर्ने सुरतकाे ८ तारिकमा नेपाल जाने टिकट थियो।

 तर उनले सामाजिक सञ्जालमा  एक फोटो सेयर गरे लगत्तै आत्महत्या गरेका थिए। 

जहाँ लेखिएको थियो, 'मिल्ने भए दु:ख हटाइ खुसी किन्थे आमा,
आफ्नोको हुन् पराईको छन् सवै चिन्थे आमा 
तिम्रो दुधको भारा कसरी तिर्नु म लाग्ने भय मेरो आयु थपिदिन्थे आमा'


उनले किन के कारणले आत्महत्या गरे त्यो खुल्न सकेको छैन। आत्महत्या गर्नु पहिले उनले परिवारलाई कल गरेकाे बताइन्छ।
 

प्रकाशित मिति: : 2021-01-08 07:09:00

प्रतिकृया दिनुहोस्