शीर्षस्थानको मिलानकाे जित

शनिबार राति घरेलु मैदानमा भएको सिरी ‘ए’ अन्तर्गकाे खेलमा शीर्षस्थानमा रहेको एसी मिलानले टोरिनोलाई २–० को पराजित गरेको छ।

मिलानको जितमा राफयल लियो र फ्रान्क केस्सीले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको २५औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले अग्रता लिएको थियो। 

३६औं मिनेटमा पेनाल्टी ब्बक्समा भेर्डीले डियाजलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै मिलानलाई पेनाल्टी प्रदान गरेको थियो। 

जसमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे।

जितसँगै शीर्षस्थानमा रहेको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ। मिलानको १७ खेलबाट ४० अंक पुगेको छ। 

एक खेल कम खेलेको इन्टरको ३६ अंक छ। पराजित टोरिनो १२ अंकसहित १९औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-10 08:35:00

प्रतिकृया दिनुहोस्