अष्ट्रेलियासँग हारबाट बच्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

अष्ट्रेलियासँगको तेस्रो टेष्ट खेलमा भारतले हारबाट बच्न संघर्ष गर्न थालेको छ। चौथो दिनको खेल सकिँदा भारत ३ सय ९ रनले पछि छ। 

४०७ रनको लक्ष्य पछ्याएको भारतले चाौथो दिनको समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएको छ। 

अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ। अष्ट्रेलियालाई ८ विकेट लिनुपर्ने हुन्छ। 

रोहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए। उनीहरुले  ७१ रनको साझेदारी गरेका थिए।

गिलले ६४ बलमा ४ चौका प्रहार गरे। रोहितले ९८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। 

यता चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहाने ४ रन बनाएर खेलिरहेका छन्।

चौथो दिन अष्ट्रेलियाले दोस्रो इनिङमा ८७ ओभरमा ३१२–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै विशाल लक्ष्य दिएको छ। पहिलो इनिङमा ९४ रनको अग्रता लिएको अष्ट्रेलियाले समग्रमा उक्त लक्ष्य दिएको हो।

अष्ट्रेलियाका लागि मार्नुस लाबुसचेन, स्टिभ स्मिथ र क्यामरुनले ग्रीनले अर्धशतक प्रहार गरे।

ग्रीनले सर्वाधिक ८४ रन बनाउँदा स्मिथले ८१ र लाबुसचेनले ७३ रन बनाए। कप्तान टिम पेन ३९ रनमा अविजित रहे। 

लाबुसेनलले १ सय १८ बलमा ९ चौका प्रहार गरे। स्टिभ स्मिथ १ सय ६७ बलमा ८ चौका र १ छक्का सहित ८१ रनमा एलबिडब्लू आउट भए।  लाबुसेन र स्मिथले १ सय ३ रनको साझेदारी गरेका थिए।

ग्रिन १ सय ३२ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा क्याच आउट भए। ग्रिनको यो पहिलो टेष्ट अर्ध शतक हो। 

भारतका लागि बलिङमा नवदीप सैनी र रविचन्द्रन आश्विनले २(२ विकेट लिए। जस्प्रित बुमराह र मोहम्मद सिराजको नाममा १–१ विकेट रह्यो।

प्रकाशित मिति: : 2021-01-10 15:09:00

प्रतिकृया दिनुहोस्