अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

Breaknlinks
Breaknlinks

सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान  एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।  

 बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको  अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताउनुभयो । सो आगलागीबाट झण्डै रु २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ  ।  घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2021-01-11 11:18:00

प्रतिकृया दिनुहोस्