उखु किसान भन्छन्– मन्त्री र उद्याेगीकाे मिलेमहताे भइसक्याे (तस्वीरहरु)

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks Nepali
उखु किसान भन्छन्– मन्त्री र उद्याेगीकाे मिलेमहताे भइसक्याे (तस्वीरहरु)

चिनी मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानहरु पुनः आन्दोलित भएका शुरु गरेका छन्। 

उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। पहिलो चरणमा किसान सङ्घर्ष समितिको आयोजनामा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। 

उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन्।

उनीहरुले चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको पनि बताए।  

‘सरकारले पैसा नदिलाइदिने भनेपछि हामी घर फर्किएका थियौं। तर उक्त रकम अहिलेसम्म पनि पाउन सकेका छैनौं। यदी पैसा नपाए कडा आन्दोलन गर्छौं,’उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले भने। 

श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले सबैभन्दा धेरै पैसा दिन बाँकी रहेको किसानहरूले बताउँदै आएका छन्।

सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।

संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएको बताए। 

‘मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्छ। तर, किसानलाई रकम भुक्तानी दिन सकेको छैन। किसानको गुनासो पनि नसुन्ने र उद्योगीलाई पनि कारवाही नगरेको देख्दा मिलेमतो भएको छ कि भन्ने शंका लाग्न थालिसक्यो,’ उनले भने। 

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले कात्तिक २३ गते काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। 

किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगी बिच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री लेखराज भट्टको ध्यानाकर्षण गराएका थिए। 

उनले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

प्रकाशित मिति: : 2020-12-13 13:56:00

प्रतिकृया दिनुहोस्