नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्‍त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए।  ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं।

नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन्। नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे।

प्रकाशित मिति: : 2021-01-12 15:12:00

प्रतिकृया दिनुहोस्