युनाइटेड शीर्षस्थानमा

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ। 

टर्फ मुरमा मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराउदै युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो।

युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो। 

३६औं मिनेटमा युनाइटेडले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। फर्नान्डेसको पासमा ह्यारी मिगुएरले गोल गरेपनि अफसाइड पोजिसनमा रहेका थिए।

७१औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए। उनले कप्तान ह्यारी मिगुएरको पासमा गोल गरेका थिए।

 अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बर्नले बराबरीबाट चुक्दा युनाइटेड विजयी हुन सफल भयो।

शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ। समान खेलबाट लिभरपुलको ३३ अंक छ। पराजित बर्नले १६ अंकसहित १६औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-13 08:40:00

प्रतिकृया दिनुहोस्