नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरूवा

Breaknlinks
Breaknlinks

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरकारले सरूवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो।

गौतम दश महिनादेखि उक्त महाशाखामा थिए। उक्त महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्छ। पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो। 

प्रकाशित मिति: : 2021-01-14 10:53:00

प्रतिकृया दिनुहोस्