नेकपा विभाजनपछि प्रदेश समीकरण : काँग्रेसले कुन–कुन प्रदेशमा सत्ता पाउन सक्छ ?

रातोपाटी

काठमाडौँ

 

लोकेन्द्र भट्ट 

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विभाजनका कारण केही प्रदेशमा नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी हैसियत गुमाउने भएको छ । नेकपा विभाजित अवस्थामा पुग्दै प्रचण्ड–माधव नेपाल पक्ष र केपी ओली पक्ष गरी दुई फरक कित्तामा उभिएपछि काँग्रेसका लागि कुनै प्रदेशमा सत्ताको अवसर प्राप्त हुने देखिएको छ भने कुनै प्रदेशमा प्रतिपक्षी हैसियत खोसिने भय छ ।

प्रदेश १ र वागमती प्रदेशमा प्रचण्ड–नेपाल र ओली समूहले काँग्रेसलाई सत्ता सहयात्राका लागि निम्तो गरिसकेको अवस्था छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्तावका सम्बन्धमा काँग्रेसको भूमिका निर्णायक हुने देखिन्छ । यी दुई प्रदेशमा सत्ता सहयात्रामा नजोडिएर कुनै पक्षलाई बाहिरबाट समर्थनमात्र जनाए काँग्रेसले प्रतिपक्षी हैसियत गुमाउने छ । काँग्रेसका लागि बागमती र प्रदेश १ मा सत्तामा जाने अवसरमात्र होइन प्रतिपक्षी हैसियत गुमाउने भय पनि छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा काँग्रेसले प्रतिपक्षी हैसियत गुमाउँदै गर्दा पनि तत्काललाई सत्तामा लागि ढोका खुलेको छैन । गण्डकी प्रदेशमा नेकपा विभाजनमा देखिएको वर्तमान समीकरण कायम रहे काँग्रेसको प्रतिपक्षी हैसियत पनि कायमै रहने देखिन्छ ।

प्रकाशित मिति: : 2021-01-14 15:51:00

प्रतिकृया दिनुहोस्