संसदमा दक्षिण संघीय झण्डा बोकेर घुस्ने व्यक्ति पक्राउ, प्रहरीमाथि आगो निभाउने उपकरण प्रहार गर्नेलाई सर्च वारेन्ट

बिएल संवाददाता

न्युयाेर्क

गएको जनवरी ६ मा अमेरिकी संसदमा प्रहरीमाथि आगो निभाउने उपकरण प्रहार गर्ने अभियुक्तलाई पक्राउ गर्ने आदेश दिइएको छ।

संघीय न्यायाधीशले बिहीबार पेन्सल्भेनियामा अवकाश प्राप्त अग्नी नियन्त्रकलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

पूर्वी पेन्सल्भेनिया जिल्लाका न्यायाधीश हेनरी पर्किनले पेन्सिल्भेनियाको चेस्टरका ५५ वर्षीय रोबर्ट सानफोर्डको आरोपित कार्यले समुदायलाई र लोकतन्त्र र सांसदका लागि खतरा निम्त्याएको बताएका छन्।

सानफोर्ड आगो निभाउने उपकरण बोकेको देखिने भिडियोमा कैद गरिएको थियो।

उनले टाउकोमा हेलमेट  लगाएका एक सदनका प्रहरीमाथि प्रहार गरेका थिए । त्यसपछि उनले टाउकोमा हेलमेट नलगाएका प्रहरीलाई आक्रमण गरेका थिए । 

अभियोजन पक्षले बिहीबार अदालतमा सानफोर्डको घरमा सर्च वारेन्ट पठाई सकेको जनाएको छ । र ,उनी प्राउड ब्वाईको समूहसँग सम्बन्ध भएको आशंका रहेको छ।

दक्षिण संघीय झण्डा बोकेर घुस्ने व्यक्ति पक्राउ

अमेरिकी संसदमा दक्षिण संघीय झण्डा बोकेर देखिएका व्यक्तिको पहिचान गरेर पक्राउ गरिएको छ।  उनलाई बिहीबार डेलावेयरबाट गिरफ्तार गरिएको एफबीआईले जनाएको छ।

उनको नाम केविन सीफ्राइड रहेको बताइएको छ । उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको छ।

अमेरिकामा सन् १८६१ देखि सन् १८६५ सम्म चलेको गृहयुद्धसँग विवादित कन्फिडरेट फ्ल्यागको सम्बन्ध छ। त्यतिबेला यसलाई अमेरिकी संघसँग लड्ने दक्षिणका सात राज्यको प्रतिकको रुपमा हेरिएको थियो ।

यो झण्डालाई गोराको प्रधानता र काला व्यक्तिहरुको सामाजिक एवं राजनैतिक बहिष्कारको प्रतिक पनि मानिन्छ।

सन २०१५ को मे २१ मा एक युवाले क्यारोलाइनाको चार्ल्सटनमा रहेको एक चर्चमा गोलीबारी गरेर ९ जना अश्वेत नागरिकको हत्या गरेका थिए।

ती आक्रमणकारी युवाको हातमा दक्षिण संघीय झण्डा रहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले जनवरी ६ मा सदनमा हमला गरेपछि न्याय विभागले ७० वटा भन्दा ज्यादा फौजदारी मुद्धा ल्याएको छ । 

ट्रम्पका सयौं समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए।  

एफबीआईले यो घटनाको १ लाख भन्दा भन्दा बढी भिडियो र तस्बिरहरु प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2021-01-15 08:50:00

प्रतिकृया दिनुहोस्