कोभिड-१९ महामारी फैलिएको भए पनि कसरी बढ्यो नेपाल आउने रेमिट्यान्स

बिबिसी

काठमाडाैं

कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको सङ्केत देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ।

नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो।

उक्त प्रतिवेदनका अनुसार पाँच महिनामा नेपालमा प्राप्त रेमिट्यान्स ४१६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। 

कोरोनाभाइरसको महामारी देखा परेयता झन्डै एक लाख ९७ हजार नेपाली कामदार विभिन्न देशबाट फर्किएको वा उनीहरूको उद्धार गरिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-15 11:19:00

प्रतिकृया दिनुहोस्