नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ।

बैठक साढे एघार बजेतिर शुरु भएको हो।

हिजोबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए। 

 प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ।

यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ।

प्रकाशित मिति: : 2021-01-15 12:29:00

प्रतिकृया दिनुहोस्