जिपमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Breaknlinks
Breaknlinks

 झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

झापाको बुद्धशान्तिगाँउपालिका ४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए। 

 हेमाको भने उपचारको क्रममा मृत्यु भएको हो।

जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन्। उनकाे खाेजी भइरहेकाे छ।

प्रकाशित मिति: : 2021-01-15 16:31:00

प्रतिकृया दिनुहोस्