अंग्रेजी बोल्ने पुस्ताका केटीहरूलाई राजनीति बुझाउने प्रकृति

सेतोपाटी

काठमाडौँ

मनोज सत्याल

'बलात्कारी होस् तँ' भन्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेको समूह सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनविरूद्ध खडा भयो। आफ्नो फरक शैलीको प्रदर्शनबाट धेरैको ध्यान तान्न सफल भएको समूहले प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेको नारा लगायो। 

तिहारको देउसी-भैलीमा जस्तो एउटाले भट्ट्याउने र अरूले साथ दिने शैलीको प्रदर्शनलाई 'फ्ल्यास मोब' भनिन्छ। बाजाको साथ नाच्दै र हरफ मिलेका नारा चिच्याउँदै गरिने यो प्रदर्शनमा सानो समूहले ठूलो आवाज निकाल्न सक्छ। 

'पोलिटिकल लिटरेसी फर वुमन' समूहकी अभियन्ता प्रकृति भट्टराई बस्नेत प्रतिनिधि सभा विघटनविरूद्ध सडकमा युवा नदेख्दा खिन्न भएको बताउँछिन्। त्यही खिन्नताकै कारण नागरिक समाजको आन्दोलनसँग जोडिन पुगेको प्रकृतिले बताइन्। 

'हाम्रो संविधान त स्थायित्वका लागि थियो। तर कोही सन्की व्यक्ति आएर दुई-दुई पटकको संविधान सभामार्फत् संविधान ल्याउँदा पनि पुरानै प्रवृति दोहिरिनु गलत हो', प्रकृति भन्छिन्, 'सडकमा अहिले ओर्लिएन भने भोलि पर्सि हाम्रा छोराछोरीले लोकतन्त्रमाथि हमला हुँदा के गर्नुभयो ममी तपाईंले भनेर सोधे के जवाफ दिने? फेसबुकमा स्ट्याटसमात्र लेखेंभन्दा मलाई नमज्जा लाग्छ। त्यसैले आन्दोलनमा आएँ।'

प्रकाशित मिति: : 2021-01-15 16:24:00

प्रतिकृया दिनुहोस्