ओलीको प्रश्न- चुनावमा जान डराउनेलाई किन चाहियो ‘सूर्य’ चिन्ह!

बिएल संवाददाता

काठमाडाै‌ं

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधव नेपाललाई चुनाव चिन्ह ‘सूर्य’ मागेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

शनिबार नेकपा (ओली) को प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सूर्य’ चुनाव चिन्ह चाहिने भए पार्टीको बैठकमा आउनसमेत प्रचण्ड–नेपाल समूहलाई आग्रह गरे।

प्रधानमन्त्री ओली अहिलेसम्म प्रचण्डले ‘सूर्य’ चिन्हमा चुनाव नलडेको भन्दै प्रचण्डलाई समेत ‘सूर्य’ चुनाव चिन्ह चाहिनु आश्चर्य रहेको बताएका छन्।

निर्वाचन आयोग पुगेर चुनाव नगर्न भनिरहेको भन्दै, ओलीले चुनावमै जान नमान्ने अनि चुनाव चिन्ह चाँही किन चाहियो भन्दै प्रश्न गरेका हुन्। उनले भने– ‘निर्वाचन गर्नु अपराध भए ‘सूर्य’ चुनाव चिन्ह किन चाहियो।’


 

प्रकाशित मिति: : 2021-01-16 16:50:00

प्रतिकृया दिनुहोस्