नेकपा ओली पक्ष राेल्पाले विस्तार गर्‍याे जिल्ला कमिटी

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष जिल्ला कमिटी राेल्पाले २ महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।

शनिबार लिबाङमा सम्पन्न ओली पक्षकाे चाैथाे पूर्ण बैठकले गाउँ-गाउँसम्म पुग्ने कार्यक्रम तय गरेकाे नेकपा केन्द्रीय सदस्य इश्वरी जिएमले बताइन्।

बैठकले पार्टी केन्द्र र प्रदेशकाे सर्कुलर अनुसार माघ र फागुन महिनामा सम्पन्न गर्नेगरी जिल्ला, गाउँपालिका र वडा तहमा विशेष अभियान सञ्चालन गर्न निमप्रसाद राेकाकाे संयाेजकत्वमा अभियान परिचालन कमिटी गठन गरेकाे छ।

अभियानका लागि सुनिलस्मृति गाउँपालिकामा दिपक बिष्ट, रुन्टिगढी गाउँपालिकामा गाेपाल डाँगी, त्रिबेणी गाउँपालिकामा भुपालसिंङ डाँगी, अमृत बुढा र ठाकुर वली, गंगादेब गाउँपालिकामा पहलबहादुर बिक, राेल्पा नगरपालिकामा क्रान्ति आचार्य, कृष्णी गाैतम र दयाराम डाँगी, माडी र थबाङ गाउँपालिकामा कुमार दशाैदी, लुङ्ग्री गाउँपालिकाका किशन बिष्ट, सुनछहरी गाउँपालिकामा माेतबहादुर घर्ती र सुर्य घर्ती, परिवर्तन गाउँपालिकामा टेकेन्द्र राेका र लाेकेन्द्र घर्तीलाई उक्त अभियन संयाेजन गर्नेगरी जिम्मेवारी दिइएकाे केन्द्रीय सदस्य जिएमले जानकारी दिएकी छन्।

नेकपा राेल्पाले अभियान सफल बनाउन राेल्पा निर्वाचन क्षेत्र नं. १ मा खिमचन्द्र पुन र क्षेत्र नं. २ मा प्रेम घर्तीलाई अभियानकाे संयाेजन गर्न जिम्मेवारी दिएकाे छ। बैठकले नयाँ ६१ सदस्य थपेर पार्टीको जिल्ला कमिटी बिस्तार समेत गरेकाे नेकपा राेल्पाले जानकारी दियाे।

केन्द्रीय सदस्य बालाराम बुढाकाे अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य गाेकुल घर्तीकाे प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा नेकपा लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालकाे विशेष आतिथ्यतामा बसेकाे बैठकलाई केन्द्रिय सदस्यहरु कुमार दशाैदी, शान्तकुमार ओली, बालाराम बुढा, ईश्वरी जिएम, नेताद्वय रामबहादुर ओली र नरसिंङ रानाले सम्बाेधन गरेका थिए।

प्रकाशित मिति: : 2021-01-16 20:23:00

प्रतिकृया दिनुहोस्