प्रतिनिधिसभा विघटनविरुद्धको अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनविरुद्धको अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने भएको छ। 

आइतबारको बहस सकिएपछि सोमबार पनि सुनुवाइ हुने जानकारी दिइएको हो।

यसअघि संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्ने गरेको थियो। 

बहसमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिएका थिए।  

प्रतिनिधिसभा पुनर्स्थापना गरी पाउँ भनी सन्तोष भण्डारीले दिएको रिटमाथि संवैधानिक इजलासमा बहस भएको थियो। 

उनीहरुको बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद् विघटनको अधिकार नदिएको तर्क थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन्। ती मुद्दामाथि संवैधानिक इजलासमा बहस भइरहेको छ।

आइतबारबाट मात्रै ती मुद्दामा बहस सुरु भएको हो।


 

प्रकाशित मिति: : 2021-01-17 16:21:00

प्रतिकृया दिनुहोस्