कन्डक्टर थिए, अचेल मान्छेहरू उनलाई 'डाक्टरसाब' भन्छन्

राजेश घिमिरे

झट्ट सुन्दा नौलोमात्रै होइन विचित्रैको लाग्छ- घाइते जुत्ता-चप्पलको अस्पताल।

मान्छे बिरामी हुँदा उपचार गर्ने ठाउँलाई अस्पताल भनिन्छ। पशुको उपचारका लागि पनि अस्पताल सञ्चालनमा छन्। खुला आकासमुनि यस्तो विचित्रको अस्पताल सञ्चालनमा आएको भने करिब तीन महिना भयो।

चितवन सदरमुकाम भरतपुरको केन्द्रमै सडक छेउमा रामकुमार रम्तेलले खोलेका यो 'अस्पताल'। अस्पतालमा उनी आफैं डाक्टर हुन्, पियन पनि आफैं। ओपिडीदेखि शल्यक्रियासम्मको सुविधा छ उनको अस्पतालमा।

रम्तेलका सपना ठूला थिएनन्। उनी सार्वजनिक यातायातमा कन्डक्टर थिए, विस्तारै चालकसम्म बन्न सकिन्छ कि भन्ने चाहना थियो। तर घर, समाज अनि देशको परिस्थितिले उनलाई कन्डक्टर बनिरहन पनि दिएन।

 

प्रकाशित मिति: : 2021-01-17 16:23:00

प्रतिकृया दिनुहोस्