रुसको एक ‘स्की रिजोर्ट’मा हिमपहिरो, १२ जना पुरिए

बिएल संवाददाता

काठमाडाै‌ं

रुसको एक ‘स्की रिजोर्ट’मा अचानक हिमपहिरो आएपछि १२ जना पुरिएका छन्।

उत्तर ककेसस क्षेत्रको डोम्बे रिजोर्टमा कृत्रिम हिमपहिरो आएको हो। हिउँमा पुरिएका टुरिस्टहरूलाई १७० भन्दा बढी उद्धारकहरूले खोजी गरिरहेका छन्। 

तर हिमपहिरोमा पुरिएकाहरुलाई अहिलेसम्म फेला पर्न नसकिएको स्थानिय अधिकारीहरुले बताएका छन्। 

कम्तीमा ६ जनालाई हिउँमुनिबाट उद्धार गरिएको उद्धार टोलीका एक सदस्यले बताए। 

माउन्ट मुस्सा–अचितारामा रहेको लोकप्रिय रिजोर्टका दुईवटा ट्रेलर पनि हिउँमा पुरिएका छन्। क्याफे र स्की लिफ्ट पनि पुरिएका छन्। 

प्रकाशित मिति: : 2021-01-19 12:52:00

प्रतिकृया दिनुहोस्