लेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा

उपाधि होडमा रहेको लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा पुगेको छ।

लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीमाथि २–० को जित निकाल्दै लेस्टर सिटी शीर्षस्थानमा उक्लिएकाे हो।  

लेस्टरका लागि छैटौँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गरे। ४१ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गरेर टिमको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र लेस्टर सिटी २–० ले विजयी भयो। 

लेस्टर सिटीको १९ खेलबाट ३८ अंक भएको छ। पराजित भएको चेल्सी १९ खेलबाट २९ अंकसहित आठौँ स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-20 07:14:00

प्रतिकृया दिनुहोस्