२० हजार बढी सैनिकलाई साक्षी राखेर ३५ शब्दकाे शपथ लिँदै वाइडेन !

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज जाे वाइडे‍नले शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार ७८ वर्षीय वाइडे‍नले बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।

वाइडे‍नले जम्मा ३५ शब्दको शपथ खाने छन्। यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन। यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन्। त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर।

वाइडे‍नले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् पहिलोपटक आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेकले ठूलाे संख्यामा सुरक्षाकर्मी खटाइएकाे हाे।

जनवरी ६ मा  वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए। जसमा एक सरक्षाकर्मीसहित ६ जनाकाे मृत्यु भएकाे थियाे।

घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले सबै ५० राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियासहितमा ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएको थियो। 

स्थानीय अधिकारीले नागरिकलाई शपथ समारोह आआफ्ना घरबाटै हेर्न अपिल गरेका छन्। ट्रम्पका समर्थकले जनवरी १७ अर्थात् आज सशस्त्र आन्दोलन गर्ने धम्की दिएका छन् भने राजधानी वासिङ्टन डिसीमा पनि जुलुस निकाल्ने बताएका छन्।

सोही कारण अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको छ। डीसीस्थित नेसनल मल बन्द गरिएको छ। कडा सुरक्षाबीच सडकमा बार लगाइएको छ। वाइडेनको टिमले पहिले नै कोरोना महामारी भएकाले राजधानीको यात्रा नगर्न भनिसकेको छ।

म्यारिल्यान्ड, न्युमेक्सिको र युटाका राज्यपालले सम्भावित विरोध प्रदर्शनलाई विचार गरेर आपतकाल घोषणा गरेका छन्। क्लालिफोर्निया, पेन्सलभेनिया, मिसिगन, भर्जिनिया, वासिङ्टन र बिस्कान्सिन राज्यले आफ्ना नेसनल गार्डलाई सक्रिय बनाएका छन्। 

अमेरिकाकाे सत्तामा वाइडे‍न भित्रिएसँगै आजदेखि डाेनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन्। वाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका ट्रम्पले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको छन्।

भाबुक बने वाइडेन

वाइडे‍न आफ्नो गृहनगर डेलावेयरबाट वाशिंगटन डिसी आउनु अगाडी मन्तब्य राख्ने क्रममा भाबुक भए।

उनले गृहनगरमा सदैव सम्झने र आफू डेलावेयरको निवासी भएकोमा गर्व गरे । वाइडे‍नले नयाँ क्यासल काउन्टीको डेलावेयर स्थित नेश्नल गार्ड(राष्ट्रिय सेना )को मुख्यालयमा आवाजले विद्रोह गरेको बेलामा उनले राज्यका बासिन्दाहरूलाई उनीमाथि विश्वास गरेकोमा र उनीसँगै आफ्नो जीवनभर साथ दिएकोमा धन्यवाद दिए।

'भाबुक भएकोमा क्षमा गर्नुहोस्,' उनले भने,'जब म मर्छु, डेलावेयर मेरो हृदय र हामी सबै वाइडे‍न्सको हृदयहरूमा लेखिने छ । हामी सबैलाई माया गर्छौं।'

वाइडे‍नले अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन ।

डिसीको लिंकन मेमोरियलमा प्रतिबिम्बित पोखरीबाट उनी र निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसबाट निधन भएकाहरुको सम्झनामा  ४०० सय वटा बत्ती बालेर श्रद्धान्जली अर्पण गरेका हुन् । अमेरिकामा कोरोना भाइरसबाट ४ लाख भन्दा बढीको ज्यान गएको छ।
 

प्रकाशित मिति: : 2021-01-20 07:42:00

प्रतिकृया दिनुहोस्