कार्यकाल सकिनै लाग्दा ट्रम्पले दिए  ७३ जनालाई माफी

बिएल संवाददाता

काठमाडाै‌ं

कार्यकाल सकिनैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७३ जनाको सजाय माफ गरेका छन्। सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन्। 

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।’

उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने त्यसमा समावेश छैन । 

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो । 

राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेकाे जनाइएकाे छ। 

यस्तै, राष्ट्रपति ट्रम्पका पूर्वसहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । 

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै छन् । 

प्रकाशित मिति: : 2021-01-20 13:11:00

प्रतिकृया दिनुहोस्