वार्यन शिर्षस्थानमै कायम

जर्मन बुन्डेलिगाको शीर्षस्थानमा रहेको वार्यन म्युनिखले झिनो जित निकालेको छ।

बुधबार राति भएको खेलमा घरेलु टोली अग्सवर्गमाथि वार्यनले  १–० को  जित निकालेको हाे।

वार्यनकाे जितमा निर्णायक गाेल रोबर्ट लेवान्डोस्कीले गरे।

लेवान्डोस्कीले खेलको १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। पेनाल्टी बक्समा अक्सफोर्डले हातले बल छोएपछि रेफ्रीले वार्यनलाई पेनाल्टी प्रदान गरेको थियो। 

यो सिजन उनले १५ खेलबाट २१ गोल गरिसकेका छन्।

 जितसँगै वार्यनले शीर्षस्थानमा स्पष्ट ४ अंकको अग्रता लिएको छ।

वार्यनको १७ खेलबाट ३९ अंक पुगेको छ। समान खेलबाट आरबी लाइप्जिगको ३५ अंक छ। पराजित अग्सवर्ग १९ अंक जोडेर १२औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2021-01-21 07:59:00

प्रतिकृया दिनुहोस्