संसद विघटनविरुद्ध कांग्रेसद्वारा पर्सामा वडास्तरीय विरोध प्रदर्शन

नेपाली कांग्रेस पर्साले संसद विघटनविरुद्ध जिल्लाका सबै पालिकाको वडा स्तरीय विरोध प्रदर्शन गरेको छ। सरकारले अलोकतान्त्रिक कदम चालेको भन्दै कांग्रेस बिहिबार विरोध प्रदर्शन गरेका हो।

प्रदर्शनमा सभागीले संसद पुनः स्थपित गर, केपी ओली मुर्दाबाद, संसद विघटन गर्न पाइदैन लगायतको नारा लगाएका थिए।

त्यस्तै नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका वडा नम्बर ३ सानो जयमङ्गलापूरमा पनि बृहत प्रदर्शन गर्नुको साथै पार्टी प्रवेश कार्यक्रम पनि सम्पन्न गरेको छ।

त्यस्तैगरी यता वीरगञ्ज महानगरपालिका वडा नं.१४ पिपरामा नेपाली कांग्रेसले बिहीबार विरोध प्रदशर्दन गरेको छ। पिपरा धर्मशालाबाट बुथ सभापति संजय प्रसाद साह तेलीको नेतृत्वमा निस्केको र्‍याली वडा परिक्रमा गरी गण्डकस्थित तेजबहादुर अमात्यको शालिक अगाडि आएर सम्पन्न भएको थियो। 

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. ११, १२ र १३ बाट पनि वडा स्तरीय संयुक्त विरोध र्‍याली निकाली विरोध प्रदर्शन गरेको छ। 

संयुक्त रुपमा निस्केको विरोध र्‍यालीले वीरगंजको विभिन्न ठाउँहरूको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। 

कोणसभामा बोल्दै वक्ताहरुले ओली सरकारको कदम अलोकतांत्रिक भएको बताउँदै लोकतन्त्री रक्षाका लागि सरकरको प्रतिगामी कदमको सबैले मिलेर विरोध गर्न आग्रह गरेका गरे।

प्रकाशित मिति: : 2021-01-21 19:31:00

प्रतिकृया दिनुहोस्