सुआरेजको दुई गोलमा एट्लेटिकोको जित

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ।

बिहीबार राति भएको खेलमा उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल गरे। यता घरेलु टोली एइवरका मार्काे डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो। खेलको १२औं मिनेटमा एइवरले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो।

यान्निक कारास्कोले पेनाल्टी बक्समा योसीनोरी मुटोलाई फल गरेपछि प्राप्त पेनाल्टीमा एइवरका गोलरक्षक डिमिट्रोभिकले पेनाल्टीमा गोल गर्न सफल भएका थिए।

४०औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए। 

८९औं मिनेटमा सुआरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई जित दिलाए। आफैमाथि एर्बिलाले फल गरेपछि प्राप्त पेनाल्टीमा सुआरेज गोल गरे। 

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक पुगेको छ।

 दोस्रा स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ। पराजित एइवर १९ अंकसहित १५औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-22 07:55:00

प्रतिकृया दिनुहोस्