डर्टमुन्ड मोन्चेनग्लाडवाकसँग पराजित

बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको छ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा शुक्रबार राति भएको खेलमा डर्टमुन्ड घरेलु टोलीसँग ४–२ ले पराजित भएको हो।

मोन्चेनग्लाडवाकको जितमा निको इलभेडीले दुई तथा रामी बेन्सेबेइनी र मार्कुस थुरामले गोल गरे। डर्टमुन्डका लागि दुवै गोल एर्लिङ ब्राउट हालान्डले गरेपनि हार टार्न सकेन। 

११औं मिनेटमा निको इलभेडीले जोनास होफमनको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। २२औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

२८औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा २–१ को अग्रता लिएको थियो। 

 ३२औं मिनेटमा निको इलभेडीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो।

४९औं मिनेटमा नेउहसको पासमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ ले अघि बढाए। ७८औं मिनेटमा मार्कुस थुरामले नेउहसकै पासमा गोल गर्दै डर्टमुन्डलाई ४–२ ले पराजित भयाे।

जितसँगै मोन्चेनग्लाडवाक १८ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा उक्लिएकाे छ। पराजित डर्टमुुन्ड २९ अंकसहित पाँचौ स्थानमा झरेको छ।

प्रकाशित मिति: : 2021-01-23 07:53:00

प्रतिकृया दिनुहोस्