मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सांकेतिक तस्बिर

सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरी रहेका छन्। उनी मोटरसाइकलको बीचमा सवार थिए। 

विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१प ६४०३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए। 

दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही दुर्घटनामा परी  मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का  २७ वर्षीय  सनी चौधरी र मोटरसाइलको पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। 

'उनीहरुको उपचार युनिक अस्पतालमा भइरहेको छ' प्रहरीले साहले भने। 

इलाका प्रहरी कार्यालय बोदेवरसाइनले मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धानका कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: : 2021-01-23 18:44:00

प्रतिकृया दिनुहोस्