इन्टर मिलान बराबरीमा राेकियाे

इटालियन सिरी ए मा दोस्रो स्थानको इन्टर मिलानले एसी मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । 

शनिबार राति भएको खेलमा इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो । उसको १९ खेलबाट ४१ अंक भएको छ ।

स्पेजियालाई ४–३ ले पराजित गरेको रोमा १९ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ भने ३६ अंकसहित एट्लान्टा चौथो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति: : 2021-01-24 08:03:00

प्रतिकृया दिनुहोस्