सावित्राको ह्याट्रिक, एपीएफको फराकिलाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेकाे हाे। 

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन्।

खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। २६ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाइन्। 

खेलको ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३-० ले रह्यो। ७२ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई ४-० को अग्रता दिलाइन्।

लगत्तै ७४ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो। ७९ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६-० को अग्रता दिलाइन्। 

८९ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दै एपीएफलाई ७-० को जित दिलाइन्।

लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले २ खेलमा ६ अंक जोडेको छ।

विराटनगरले २ खेलमा १ अंक जोडेको छ। लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2021-01-24 17:12:00

प्रतिकृया दिनुहोस्