नेकपा फुट्यो, हामी जित्छौं भन्ने भ्रममा नपरौं

नेपाल लाइभ

काठमाडौँ

डा शेखर कोइराला

नेपाली कांग्रेसका कार्यकर्तामा द्विविधा छ। प्रतिनिधि सभा विघटनको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ रामचन्द्र पौडेलले नै फरकफरक अभिव्यक्ति दिएपछि कार्यकर्तामा द्विविधा हुनु पनि स्वभाविक हो। प्रतिनिधि सभा विघटनको विषयमा किन फरकफरक विचार किन दिइएको भन्ने कार्यकर्ताको प्रश्न उठ्नु स्वभाविक हो। केही अलमलचाहिँ केन्द्रीय नेतामा पनि अवश्य छ।

केन्द्रीय समितिले प्रधानमन्त्रीले चालेको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण ठहर गरेको छ। गैरसंविधानिक कदमलाई सच्याउन पर्छ भनी केन्द्रीय समितिले निर्णय गरेको छ।

सच्याउन कसले? 
सर्वोच्च अदालतले।
सच्चिन्छ कसरी?
प्रतिनिधि सभा विघटनलाई उल्टाएर।

संसद पुनःस्थापनाको फैसलासँगै हामी थप अर्को कुरा पनि भनिरहेका छौं। लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्विकार्छौं। कदाचित्, प्रतिनिधि सभा भंगको निर्णयलाई अदालतले सदर गर्‍यो भने निर्वाचन सुनिश्चिताका लागि हामी सडकमा ओर्लनु पर्दछ।

प्रकाशित मिति: : 2021-01-24 18:24:00

प्रतिकृया दिनुहोस्