कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दै छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्‍ने बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल हुने जनाइएकाे छ।

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। 

गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन।

साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
 

प्रकाशित मिति: : 2021-01-26 09:00:00

प्रतिकृया दिनुहोस्