चेल्सीको नयाँ प्रशिक्षकमा टुसिल

इंग्लिस क्लब चेल्सीले थोमस टुसिललाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

उनी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक हुन्। सोमबार चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो।

उनको स्थानमा मंगलबार नै चेल्सीले टुसिललाई नियुक्त गरेको हो।

चेल्सीले टुसिलसँग १८ महिनाको सम्झौता गरेको छ। सो अवधि बढ्न पनि सक्ने जनाइएको छ । 
 

प्रकाशित मिति: : 2021-01-27 07:52:00

प्रतिकृया दिनुहोस्