ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।  

मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य रहेकी छन्। 

इलामबाट झापातर्फ जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा उनको मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन्।

उक्त घटनामा घाइते भएका बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: : 2021-01-27 21:31:00

प्रतिकृया दिनुहोस्