राबाडा टेस्टमा २ सय विकेट पुरा गर्ने चौथो युवा बलर

दक्षिण अफ्रिकी सिमर कासिगो राबाडाले टेस्ट क्रिकेटमा २ सय विकेट लिने इतिहासलाई चुमेका छन्। पाकिस्तानविरूद्ध कराचीमा भइरहेको पहिलो टेस्टमा उनले हसन अलीको रुपमा टेस्टमा दुई सय विकेटको कोशेढुंगा पुरा गरे।

२५ वर्षीय राबाडा दक्षिण अफ्रिकाका लागि २ सय विकेट लिने तेस्रो तीब्र बलर हुन्। उनले ४४ खेलमा यो उपलब्धि हात पारेका छन्। दक्षिण अफ्रिकामा यसअघि सात जनाले २ सय विकेट लिने इतिहास बनाएका थिए।

उनी आठौं बलर बनेका छन्। तीब्र बलरमा डेल स्टेन (३९ टेस्ट) र एलन डोनाल्ड (४२ टेस्ट) ले उनीभन्दा अगाडि दुई सय विकेट पुरा गर्ने इतिहास बनाएका थिए।

राबाडा दुई सय विकेट पुरा गर्ने चौथो युवा बलर पनि बन्न सफल भएका छन्। पाकिस्तानका वकार युनिस, भारतका कपिल देव र हरभजन सिंहपछि उनी दुई सय विकेट पुरा गर्ने युवा बलर बनेका हुन्। 

किस्तानले पहिलो टेस्टको पहिलो इनिङमा दक्षिण अफ्रिका सामु १ सय ५८ रनको अग्रता कायम गरेको छ। घरेलु टोलीले पहिलो इनिङमा ३ सय ७८ रन बनाएका थियो। यसअघि अफ्रिका २ सय रनमा खुम्चिएको थियो। अफ्रिकाले दोस्रो इनिङमा १ सय ८७ रनमा ४ विकेट गुमाइसकेको छ। हाल उसले २९ रनको अग्रता मात्र कायम गरेको छ।

प्रकाशित मिति: : 2021-01-29 07:35:00

प्रतिकृया दिनुहोस्