ज्लाटन इब्राहिमोभिक र रोमेलु लुकाकुलाई एक खेलको प्रतिबन्ध लागेको छ। मंगलबार मिलान डर्बीमा भिडेका यी दुई स्टालाई एक खेलको प्रतिबन्ध लगाउने इटालियन फुटबल संघको अनुशासन कमिटीले घोषणा गरेको हो।
एसी मिलानका फरवार्ड इब्राहिमोभिकलाई त्यो खेलमा दुई वटा पहेँलो कार्ड प्रदर्शन गर्नुपरेको थियो। यस्तै इन्टर मिलानका लुकाकुले एउटा पहेँलो कार्ड पाएका थिए। लुकाकुले यसअघि पनि एउटा पहेँलो कार्ड पाइसेका छन्। उनको पनि यो सिजन दुईवटा पहेँलो कार्ड हो।
खेल अवधिमा आफूले जातिय टिप्पणी नगरेको इब्राहिमोभिकले बताएका छन्। जुन यतिबेला छानवीनको दायरामा पनि छ। आफ्नो सोसल मिडियामा स्विडिस खेलाडीले भनेका छन्, ‘ज्लाटनको जिवनमा जातियतालाई कुनै स्थान छैन।’ दुबै खेलाडीले गोल गरेको सान सिरो मैदानमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको क्रिस्टियन इरिक्सेनले ९७ मिनेटमा फ्रिकिकबाट गोल गर्दै इन्टरलाई २–१ को जित दिलाएका थिए।
३१ मिनेटमा गोल गरेका ज्लाटन ५८ मिनेटमा दुईवटा पहेँलो कार्ड पाएर मैदान बाहिरिन विवश भएका थिए। लुकाकुले ७१ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। जितका लागि इरिक्सेनको गोल महत्वपूर्ण बन्यो।