सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली ढल्केवर आउँदै

विजय साह

जनकपुर

प्रधानमन्त्री केपी शर्मा ओली  विद्युत सवस्टेशनको उद्घाटन गर्न सोमबार धनुषा आउने भएका छन्।

ढल्केवरमा नयाँ निर्माणाधीन ४०० केभी क्षमता भएको विद्युत सवस्टेशनको उद्दघाटन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्।

नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि स्वागतको तयारीमा विद्युतका कर्मचारी तीब्र रुपमा जुटेका छन्।

उद्घाटन पश्चात प्रधानमन्त्री ओलीले मन्तव्य दिने कार्यक्रम रहेको स्वागत तयारीको जिम्मेवारी पाएका कर्मचारी रविन्द्र रायले जानकारी दिए। उनले भने, ‘त्यही भएर मञ्च निर्माणको तयारी गरिरहेका छौं।’

उद्घाटन कार्यक्रममा करिब दस हजारको संख्यामा मानिसको उपस्थित रहेने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2021-01-30 09:24:00

प्रतिकृया दिनुहोस्