राजनीतिको प्रश्न गर्ने पुस्ता

नेपाल लाइभ

काठमाडाै‌ं

पछिल्लो समय यस्ता टिकाटिप्पणी राजनीतिसँग सिधा साइनो नभएका मात्र होइन, स्वयं राजनीतिमै रहेकाहरुबाट समेत सुनिनु सामान्य झैं हुन थालेको छ। आफ्नो जीवनस्तरदेखि देश र दुनियाँ बदल्ने अपेक्षा राजनीतिबाटै गर्ने जोकोही पनि राजनीतिप्रति सन्तुष्ट देखिँदैनन्। आखिर किन?

विश्वविद्यालयमा राजनीतिशास्त्र पढ्न चाहनेको आकर्षण ह्वात्तै घटेको लामो समय हुन थालिसक्यो। सन्तानलाई कुनै पनि पेशागत र व्यावसायिक जीवनमा प्रवेश गरेको देख्न चाहने अभिभावक मात्रको के कुरा, राजनीतिमै जीवन बिताएका अभिभावकले समेत आफ्ना छोराछोरीलाई राजनीति र यससम्बन्धी गतिविधिबाट टाढा राख्न थालेका छन्। यस्तो किन?

कुनै बेला राजनीतिको मुहान क्याम्पस–विश्वविद्यालयहरु थिए। विद्यार्थी राजनीति हुँदै खारिएर आउने पुस्ता राजनीतिमा सक्रिय रहन्थ्यो। पछिल्लो समय नयाँ पुस्तासँगै अभिभावकमा झांगिदो यस्तो मनोविज्ञानले क्याम्पस र विश्वविद्यालयहरु राजनीतिका मुहान बन्न छाडेका छन्। राजनीतिमा आउने मुहान फेरिएको छ। भनिरहन नपर्ला, सजिलै धन कमाउन चाहनेहरुको जमातको प्रवेश राजनीतिमा क्रमशः बढ्दो छ। ठेक्कापट्टा, तस्करी र स्रोतसाधनको दोहनबाट लाभ उठाउन खोज्नेहरु नै राजनीतिमा बढ्दैछन्। यो एक प्रमुख कारण हो जसले राजनीतिलाई सेवाभाव ठान्नेहरु क्रमशः यसबाट टाढिँदैछन् भने यसलाई पद र धनआर्जनको साधन बनाउन चाहनेहरु नजिकिँदैछन्। यही नै नयाँ पुस्ताको आकर्षणमा अबरोध पनि बनिरहेको छ। 

नयाँ पुस्ता आउन छाडेपछि राजनीतिमा बाँकी रहने उनै पूरानो पुस्ता हो, जसले समाजमा ‘बासी अनुहार’को दुर्वाच्य खेप्नुपर्ने अवस्था आएको छ। 
तर, राजनीतिको चित्र यही मात्र हो त? 

प्रकाशित मिति: : 2021-01-30 13:43:00

प्रतिकृया दिनुहोस्