पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाजमाथि अर्को बज्रपातः लादेनसँग पैसा लिने गरेको आरोप

सयुक्त राष्ट्र संघमा पाकिस्तानका पूर्व प्रतिनिधि तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको मन्त्रीमण्डलमा समावेश भइसकेका आबिदा हुसेनले सबैलाई चकित पार्ने खुलासा हालै गरेकी छिन्।

उनले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अलकायदाका आतंकवादी ओसामा बिन लादेनले राजनीतिक उद्देश्यका लागि पैसा उपलब्ध गराउने गरेको बताएकी छिन्। उनले सरिफ सरकारलाई लादेनको पूर्ण सहयोग र समर्थन रहेको पनि खुलासा गरेकी छिन्।

एक्सप्रेस ट्रिब्युन पत्रिकाले आबिदालाई उल्लेख गर्दै छापेको समाचारमा भनेको छ, ‘हो, एउटा समय लादेनले नवाज सरिफलाई सहयोग गरेको हो।’

सरिफ तीन पल्ट पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए। उनीमाथि यसअघि पनि आतंकवादीसँग आर्थिक सहयोग लिने गरेको गम्भीर आरोप लाग्ने गरेको थियो। अमेरिकाले २०११ मा पाकिस्तानको एबटाबादमा मध्यरातमा आफ्नो विशेष सुरक्षा दस्ता पठाएर लादेनलाई मारेको थियो। त्यसअघि पाकिस्तानले लादेन आफ्नो देशमा भएको कुरा अस्विकार गर्दै आइरहेको थियो।

सन् २०१६ मा प्रकासित एउटा किताबमा पनि सरिफले अलकायदाबाट फण्ड लिने गरेको उल्लेख गरिएको थियो। पूर्व आइएसआई प्रमुख खालिद ख्वाजाकी श्रीमती समामा खालिदले आफ्नो किताब ‘खालिद ख्वाजाः शहिद–इ–अमन’ मा यसको खुलासा गरेकी थिइन। उनले आफ्नो किताबमा बेनजीर भुट्टोको सरकार गिराउन सरिफले लादेनसँग पैसा लिएको उल्लेख गरेकी छिन्। 

हालै सत्तासिन पार्टी तहरिक–ए–इन्साफका सांसद फाहरुख हबिबले पनि सरिफले एक करोड डलर लादेनसँग लिएर बेनजीरको सरकार अपदस्त गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2021-02-01 07:11:00

प्रतिकृया दिनुहोस्