अस्ट्रेलियाली क्रिकेट टिममा भारतीय ट्याक्सी ड्राइभरका छोरा

by SCOTT BAILEY Source: AAP

भारतीय मुलका स्पिनर तनवीर सांघा अस्ट्रेलियाको १८ सदस्यीय टि–२० टिममा समावेश भएका छन्। अस्ट्रेलिया न्युजिल्याण्डको भ्रमणमा निस्किदै छ। 

५ वटा टि–२० शृंखलाका लागि कंगारुले १८ सदस्यीय टोलीको घोषणा गरेको छ। १९ वर्षका तनवीर अस्ट्रेलियाको टिममा समावेश हुने चौथो भारतीय मुलका खेलाडी हुन्। 

यसअघि २०१५ मा तीब्र बलर गुरिन्दर सन्धु कंगारु टोलीमा समावेश भएका थिए। उनले मेलबर्नमा भारतविरूद्ध एकदिवसीय खेलेका थिए। यस्तै, जेसन सांघा, अर्जुन नायर, परम उप्पलले पनि अस्ट्रेलियाको युथ–१९ टिमबाट खेलिसकेका छन्। 

भारतीय मुलका स्टुअर्ट क्लार्क र ब्रान्सबी कुपरले अस्ट्रेलियाबाट खेलिसकेका छन्। क्लार्कका बुवा ब्रुस क्लार्क चेन्नईका हुन्। उनको आमा मेरी कर्नाटकको कोलार जिल्लामा जन्मिएकी थिइन।

ब्रान्सबीले १८७७ मा अस्ट्रेलियाका लागि खेलेका थिए। उनको जन्म बंगलादेशको ढाकामा १९४४ मा भएको थियो। त्यतिबेला ब्रिटिश इन्डिया थियो। 

तनवीरका बुवा जोगासिंह सांघा १९९७ मा विधार्थी भिसामा अस्ट्रेलिया आएका थिए। उनी जालन्धरका हुन्। उनले अस्ट्रेलियामा पहिले खेती र यसपछि ट्याक्सी चलाउन थाले। तनवीरको आमा उपनीत लेखापाल छिन्। 

अस्ट्रेलिया टिममा छनोट भएपछि उनले भनेका थिए, बोर्डको तर्फबाट फोन आएको थियो। ‘अस्ट्रेलियाको टिममा छनोट भएको खबर सुनेर मलाई चन्द्रमामा पुगे जस्तो भयो,’ उनले भने। 

तनवीरले ‘बिग ब्यास लिग’ (बीबीएल) मा तेस्रो सर्वाधिक २१ विकेट लिएका थिए। १४ म्याचमा उनको औसत १६ दशमलव ६६ र इकोनोमी रेट ८ दशमलव ०४ थियो। बीबीएलमा उनी सिड्नी सिक्सर्सबाट समावेश थिए। 

 न्युजिल्याण्डविरूद्ध अस्ट्रेलियाको टि–२० टोली
एरोन फिन्च(कप्तान), एस्टन एगर, जेसन बेहरेहोर्फ, मिचेल मार्स, ग्लेन म्याक्सवेल, बेन म्याकडोर्मट, रिले मेरेडिथ, जोस फिलिप, केन रिचर्डसन, झाय रिचर्डसन, डेनियल स्याम्स, तनवीर सांघा, डि’आर्की सर्ट, मार्कस स्टोइनिस, एस्टन टर्नर, एन्ड्रयु टाई, म्याथ्यु वेड र एडम जम्पा।

प्रकाशित मिति: : 2021-02-01 13:39:00

प्रतिकृया दिनुहोस्