सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप दिइने : प्रधानमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराउनुभएको हो। उहाँले नेसनल प्रेस क्लबमा आज गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन्।

प्रधानमन्त्री मरिससले एक कार्यक्रममा बोल्दै  अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको  बताइएकाे ५। यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी उनकाे भनाइ छ।

प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए। सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि  आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए। 
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराए।

यस सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिएका थिए।

अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। 
     
यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ। त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन्। 
–––

प्रकाशित मिति: : 2021-02-01 14:13:00

प्रतिकृया दिनुहोस्