युभेन्ट्स छोडेर घर फर्किए सामी खेदिरा 

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

युभेन्ट्स मिडफिल्डर सामी खेदिरा इटालियन सिरी ए छोडेर बुन्डेसलिगा क्लब हर्था बार्लिनमा अनुबन्धित भएका छन्। 

३४ वर्षीय मिडफिल्डरको क्लब स्थानान्तरण गर्ने कागजको काम सम्पन्न भएको छ। सिरी एमा रहँदा उनी युभेन्ट्सले पाँच पल्ट जितेको उपाधिमा संलग्न थिए। उनले साढे पाँच वर्ष युभेन्ट्समा बिताए। 

यसपल्ट उनले क्लबमा स्थान पाउन सकेनन्, त्यसैले ११ वर्षपछि व्यवसायिक फुटबल खेल्न पुनः जर्मनी फर्किएका हुन्। एक दशकअघि उनी स्टुटगार्टबाट स्पेनको रियल म्याड्रिड पुगेका थिए।

सन् २०१९ को फेब्रुअरीमा उनले असमान्य रूपमा मुटुको ढुकढुकी बढ्ने समस्याको उपचार गरेका थिए। यसपछि खेलमा फर्किएका खेदिराले लय समाउन सकिरहेका थिएनन्। ‘हेर्थाले मलाई अनुबन्ध गर्न धेरै परिश्रम गर्नुपर्यो, जसका लागि म आभारी छु,’ उनले भनेका छन्। उनका लागि खर्चिएको रकमको हेर्थाले अहिलेसम्म जानकारी उपलब्ध गराएको छैन। 

जर्मनीले २०१४ मा विश्व कप जित्दा खेदिरा टिमका सदस्य थिए यसको दुई महिनापछि उनी सहभागी रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो। हर्था हाल बुन्डेसलिगाको १५ औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-02 08:38:00

प्रतिकृया दिनुहोस्