प्रचण्ड-नेपाल समूहको आमहड्ताल: पूर्व-पश्चिम राजमार्गमा फाटफुट सवारीसाधन

विजय साह

जनकपुर

नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्व-पश्चिम राजमार्गमा बढी परेको छ।

विश्व व्यापार संगठनसँग समेत जोडिएको पूर्वपश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन्। बिहान छिटफुट रुपमा मालबाहक सवारीसाधन गुडेको देखिए थियो। गन्तव्यसम्म पुग्न ढिला भएकाले राजमार्गमा मालबाहक गाडी देखिएको हो। 

राजमार्ग छेउछाउका पसल खुला रहेको छ भने मोटरसाइकल र सानो दूरीको गाडी मात्र फाटफुट रुपमा चलेको देखिन्छ। पूर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव बढी परेको छ। राजमार्ग सुनसान बनेको छ।

लामो तथा छोटो दूरीको गाडी नचल्दा गन्तव्यसम्म पुग्न नसकेका यात्रीहरु अलपत्र परेका छन्। 

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज बिहिबार नेपाल बन्दको घोषणा गरेको छ। बन्दको घोषणाअनुसार उघोग व्यवसाय, कलकारखाना र शिक्षण संस्थाहरु बन्द रहेको छ। 

अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी, विद्यार्थीहरुको परिक्षा सञ्चालनलगायतका अत्यावश्यक कुराहरुमा अवरोध नगर्ने बताइएको छ।

प्रकाशित मिति: : 2021-02-04 08:40:00

प्रतिकृया दिनुहोस्