रिहानाको फोटोले भारतमा विवाद, पाकिस्तानी एजेन्ट भएको आरोप

photo by.hellogiggles.com
photo by.hellogiggles.com

भारतमा जारी किसान आन्दोलनको समर्थन गरेर विश्वको ध्यान तान्न सफल हलिउड पप गायिका रिहाना पुनः विवादमा तानिएकी छिन्। ३२ वर्षीय रिहाना आफ्नो कम्पनी तथा पाकिस्तानी मन्त्रीसँग खिचिएको फोटोको कारण विवादमा तानिएकी हुन्। 
रिहानाको कस्मेटिक कम्पनी फेन्टी ब्युटी क्यालिफोर्नियामा विवादमा घेरिएको हो। कम्पनीले एउटा रहस्य सार्वजनिक गर्दै ‘चाइल्ड लेबर’ र ‘ह्युमन ट्राफिकिङ’ लाई उपलब्ध गराउने सामानको अडिट नभएको बताएको छ। 
यस्तै, रिहानाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सहयोगी तथा मन्त्री जुल्फी बुखारीसँग खिचेको फोटो भाइरल भएपछि भारतमा विरोध भएको छ। सोसल मिडियामा युजरहरूले प्रतिक्रिया जनाउँदै रिहानालाई पाकिस्तानी एजेन्ट भएको आरोप लगाएका छन्। 
अमेरिकी न्युज एजेन्सी सीएनएनमा किसान आन्दोलनलाई लिएर छापिएको एउटा खबरलाई शेयर गर्दै रिहानाले समर्थन जनाएकी थिइन। उनले प्रश्न उठाएकी थिइन, ‘हामी भारतमा भइरहेको किसान आन्दोलनको विषयमा किन कुरा गरिरहेका छैनौंरु’ उनको यो पोस्टलाई २ करोड २० लाखले रिट्वीट गरेका थिए। ट्वीटरमा रिहानाको ११ करोड फलोअर्स छन्।

प्रकाशित मिति: : 2021-02-05 18:49:00

प्रतिकृया दिनुहोस्