१७ वर्षपछि पाकिस्तानलाई शृंखला

बिएल संवाददाता

इस्लामाबाद
तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

पाकिस्तानले १७ वर्षपछि दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा पराजित गरेको छ। अफ्रिकाविरूद्धको दोस्रो टेस्ट ९५ रनले जित्दै पाकिस्तानले दुई टेस्टको शृंखला २–० ले कब्जा जमायो। 

सन् १९९५ पछि अफ्रिकाविरूद्ध टेस्ट खेलेको पाकिस्तानले २६ वर्षपछि पहिलो पल्ट लगातार दोस्रो टेस्टको शृंखला जितेको हो। शृंखलामा मोहम्मद रिजवान ‘म्यान अफ दि सिरिज’ बाट सम्मानित भए। हसन अली दोस्रो टेस्टमा म्यान अफ दि म्याच घोषित भए। 

पाकिस्तान र अफ्रिकाबीच यो १२ औं टेस्ट शृंखला हो। पाकिस्तानले दोस्रो पल्ट शृंखला जितेको हो। 

सन् २००३ मा घरमै भएको शृंखलामा पाकिस्तान १–० ले विजयी भएको थियो।

प्रकाशित मिति: : 2021-02-09 07:23:00

प्रतिकृया दिनुहोस्