म्यान्मार: 'संकटकालपछि निर्वाचन गराएर विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिन्छ'

Photo - Reuters
Photo - Reuters

म्यान्मार सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको बताएका छन्। 

एमआरटीभी च्यानलमार्फत् प्रमुख जर्नेल मिन आङ हलाइङले गत नाेभेम्बरकाे निर्वाचनमा भएको त्रुटि औंल्याएका छन्। 'चुनावमा धाँधली भएको छ। हामीले अन्तिम समयसम्म कानून बमोजिम समाधान चाहेका थियौँ, उनले भने 'सरकारले सुन्ने चेस्टा नै गरेन। जनताको गुनासो नसुनेपछि संविधानलाई टेकेर याे निर्णय लिएका हाैं।'

गत साता नागरिक सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा देशव्यापी सडक हड्ताल जारी छ। सैन्य 'कू'विरुद्व दशौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका छन्।

लामाे समयकाे संर्घषपछि 'सैन्य शासन'बाट मुक्त भएको म्यान्मारमा पुनः प्रजातन्त्रमाथि सैन्य 'कू' भएको आन्दोलनकारीहरूले बताएका छन्। उनीहरू सेनाविरुद्व आक्राेषित र आन्दाेलित समेत बनेका छन्। राजधानी नेपिटाे, मुख्य सहरहरू रंगुन, माण्डलेलगायतका स्थानमा सेना कदमकाे विरोधमा तीब्र भइरहेको छ। 

विराेधका स्वरहरू बढ्न थालेपछि सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले पहिलोपल्ट साेमबार म्यान्माली जनतालाई सम्बोधन गरेका छन्। यसक्रममा उनले नयाँ निर्वाचन आयोग गठन गर्ने र संकटकालपछि पुनःनिर्वाचन गराउने बताए। उनले भने, 'चुनावपछि विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिनेछ।'

सैन्य प्रमुख जर्नेलका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरस रोकथामका लागि सरकारले महत्त्वपूर्ण कार्यतालिका तय गर्नेछ। म्यान्मारमा नागरिक सरकारले देशमा लगानी गर्न सहमति जनाएको विदेशी लगानी जारी राख्ने समेत जानकारी दिए। 

देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। धार्मिक स्थल र स्कूलहरू छिट्टै नै खोलिने उनले जनाए। 

प्रजातन्त्रजादी नेत्री आङ सान सु कि लगायतकाे गिरफ्तारीविरुद्धकाे आन्दोलन हिंसात्मक बन्ने देखेपछि सैन्य सरकारले रातिको समय कफ्र्यु समेत जारी गर्ने गरेको छ।




म्यान्मार सैन्य ‘कू’: सबै नेपालीभाषीलाई विरोध गर्न आग्रह

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

कालो बादलले घेरेको माघ–१९ को त्यो बिहानी

म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिस सडकमा

प्रकाशित मिति: : 2021-02-09 09:09:00

प्रतिकृया दिनुहोस्