चेन्नई टेस्टमा भारत २ सय २७ रनले पराजित 

बिएल संवाददाता

काठमाडाै‌ं
PTI

इंग्ल्याण्डले चेन्नई टेस्ट २ सय २७ रनले आफ्नो कब्जामा पारेको छ। 

भारतीय भूमीमा इंग्ल्याण्डले सबैभन्दा धेरै रनले घरेलु टोलीलाई हराएको पहिलो अवसर हो। 

यसअघि उसले भारतलाई उसैको घरमा २ सय १२ रनले पराजित गरेको थियो, जुन २००६ मा मुम्बईमा सम्भव भएको थियो। 

भारतले चेन्नईको चेपक रंगशालामा २२ वर्षपछि कुनै टेस्टमा पराजय भोगेको हो। भारतलाई यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानले १२ रनले पराजित गरेको थियो। 

यसपछि भारतले आठ टेस्ट खेलेको थियो। जसमा भारतले पाँच टेस्टमा जित तथा तीन बराबरीमा रोकेको थियो। 
 
भारतको घरमा ४ वर्षपछि पहिलो पराजय हो। उसलाई २०१७ को फेब्रुअरीमा अस्ट्रेलियाले पराजित गरेको थियो। 

यतिबेला पुणे टेस्टमा भारत ३ सय ३३ रनले पराजित भएको थियो। दुबै पराजयपछि भारतले १४ टेस्ट खेलेको थियो, जसमा ११ मा जित र ३ ड्र खेलेको थियो। 

इंग्ल्याण्डले भारतलाई ४ सय २० रनको लक्ष्य दिएको थियो। इंग्ल्याण्डले पहिलो इनिङमा ५ सय ७८ रन तथा दोस्रोमा १सय ७८ रन बनायो। 

उत्तरमा भारतले पहिलो इनिङमा ३ सय ३७ रन बनाएको थियो। ४ सय २० रनको लक्ष्यसहित दोस्रो इनिङमा उत्रिएको भारत १ सय ९२ रनमा खुम्चियो।

प्रकाशित मिति: : 2021-02-09 14:23:00

प्रतिकृया दिनुहोस्